तिलाठीका देवनारायण यादव एमालेमा

आश्विन २७, २०७४

प्रमुख प्रतिपक्ष नेकपा एमाले र मधेस समता पार्टीवीच एकीकरण भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आज  दुई पार्टीवीच एकीकरण भएको हो । 

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस समता पार्टीका अध्यक्ष एवं सांसद मेघराज निषाद्लाई पार्टी प्रवेश गराउनुभयो । निषाद् अध्यक्ष ओली नेतृत्वको ९ महिने  सरकारको पालामा निसाद उद्योग राज्यमन्त्री समेत बन्नुभएको थियो । 

यस्तै सप्तरी तिलाठीका देवनारायण यादव पनि आजै एमालेमा प्रवेश गर्नुभएको छ । यादवले सप्तरीको खाडो खोलामा भारतीय पक्षले सीमा मिचेर लगाएको बाँध भत्काउनका लागि नेतृत्व गर्नुभएको थियो । 

बाँध भत्काउने कामको नेतृत्व गरेकै कारण देखाएर यादवलाई भारतले एकसातासम्म हिरासतमा राखेर केहीदिन अघि मुक्त गरेको थियो । 

यादव लामो समय नेपाली कांग्रेसमा आवद्ध  रहदै आउनुभएको थियो ।