अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव शुरु

आश्विन २७, २०७४

अन्नपुर्ण पदमार्गको विकास र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सवको शुरु भएको छ ।

चार हजार एकसय तीस मिटर उचाईमा रहेको अन्नपुर्ण आधार शिविरमा प्रथम हिमाल आरोही मौरिस हर्जोगको शालिक शिलान्यास गरि अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सवको शुरु गरिएको हो । महोत्सवले अन्नपुर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै पुर्वाधार र व्यवसायीक विकास हुने पर्यटन व्यवसायीको अपेक्षा छ ।

महोत्सवका अवसरमा अन्नपुर्ण हिमाल पहिलोपटक सफल अरोहण गर्नुहुने फ्रन्सेली आरोही मौरिस हर्जोग, लियाजोन अफिसर घनविक्रम राणा, सरदार आङ थार्के शेर्पाका परिवार र पर्यटनविद् झलक थापालाई सम्मान गरिएको छ । महोत्सव अन्तर्गत एक वर्षसम्म विभिन्न चरणमा पदमार्गमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु हुनेछन् ।

लोकप्रिय