हङकङ विरुद्ध नेपालको खेल जारी, १ सय ९५ रनको लक्ष्य

आश्विन २७, २०७४

विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत घरेलु टोली हङकङ संग प्रतिस्पर्धा गरिरहेको नेपालले  एक सय ९५ रनको लक्ष्य पछ्याइरहेको छ ।

मोङ कङ स्थित टिङ कोङ रोड रि क्रियशन मैदानमा जारी खेलमा नेपालले ६९ रन बनाउदा  माथिल्लो क्रमका चार ब्याट्सम्यानलाइ सस्तैमा गुमाएको छ ।  नेपालले पांचौ ओभरमा ओपनर सागर पुनलाइ पहिलो विकेटका रुपमा केवल तीन रनमा गुमाएको थियो । सागर तनविर अफजलको बलमा क्याच आउट भएका थिए । ज्ञानेन्द्र मल्ल २१  र दिपेन्द्र सिंह ऐरी तीन रनमा मैदान बाहिरिए । पारस खडका पनि २६ रनमा आउट भएस‌गै नेपाल दवावमा आएको छ ।  यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हङकङले निर्धारित ५० ओभरमा अल आउट हुदै एक सय ९४ रन   बनाएको थियो। हङकङलाइ सामान्य रनमा रोक्ने क्रममा संदिप लामिछाने तीन तथा बसन्त रेग्मी र करण केसीले दुइ  दुइ विकेट लिए । हङकङका लागि ओपनर जेम्मी एटकिन्सनले सर्वाधिक ७६ रन बनाए ।  उनी ४१ औं ओभरमा  सुसान भारीको एलबि डब्लु आउट भएका थिए ।  । अफजलले ३८ रन जोडे ।  नेपालका लागि पहिलो सफलता करणले दिलाएका  थिए ।  हङकङका ओपनर अंशुमान रथ चौथो ओभरमा  शुन्यमा क्याच आउट हुदै पवेलियन फर्किए ।  यस्तै २९ रन बनाएका बबर हयात दिपेन्द्रको  हात बाट रन आउट हुदै मैदान बाहिरिए । १२ रन बनाएका निजातक खान  स्पिनर संदिपको  बलमा आउट भएका थिए  । बसन्तले ३० औं ओभरमा   एटकिन्सन र वाकस खानको साझेदारी तोड्दै नेपाललाइ खेलमा फर्काएका थिए । वाकस खान १४ रनमा आउट हुदा हङकङको स्कोर एक सय आठ रन रहेको थियो । एघार रन जोड्दा हङकङले थप तीन विकेट गुमाएको थियो ।

लोकप्रिय