चारवटै सुरक्षा निकायको परिचालन गर्ने तयारी

आश्विन २७, २०७४

सरकारले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार मनोनयनदेखि परिणाम घोषणासम्म तीन घेरा बनाएर चारवटै सुरक्षा निकायको परिचालन गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगमा आज भएको भएको निर्वाचन सुरक्षा समितिको बैठकमा गृह मन्त्रालयले मतदाता,कर्मचारी र उम्मेदवार सहित सबैका लागि सुरक्षा दिने गरि योजना बनाएको छ ।  

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले केन्द्रीय निर्वाचन भएकोले सुरक्षा ब्यवस्था मजवुद बनाउन निर्देशन दिनुभएको थियो । 

प्रमखु निर्वाचन आयुक्त यादवले दलहरु बीचको चुनावी तालमेल स्वाभाविक भएको भन्दै त्यसले निर्वाचनलाई थप सहज बनाउने बताउनुभयो । 

निर्वाचनमा बाहिरी घेरामा नेपाली सेना र  भित्री घेरामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी रहने र म्यादी प्रहरीले सहयोग गर्ने गरि सुरक्षा योजना प्रस्ताव गरिएको छ ।