निर्वाचन तोकिएकै मितिमा हुने

आश्विन २७, २०७४

राजनीतिक ध्रुव्रिकरण तिव्र भइरहेका बेला प्रमुख तीन दल तोकिएकै मितिमा निर्वाचन गर्न र निर्वाचन आचार संहिता पुर्ण रुपमा पालना गर्न एकमत भएका छन् ।

प्रधानमन्त्री कार्यलय सिंहदरवारमा आज भएको  छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल सहितका शीर्ष नेताहरु सहभागी थिए । बामपन्थी र लोकतान्त्रिक दलहरु बेग्ला बेग्लै चुनावी गठवन्धनमा जुटेसंगै समयमै निर्वाचन हुने नहुने अन्यौल बढेका बेला तीन दल तोकिएकै मितिमा चुनाव गर्न सहमत भएका हुन् । यस्तै बैठकमा राष्ट्रिय सभा गठन कसरी गर्ने भन्ने विषयमा मुख्य दल कांग्रेस र एमालेवीच छलफल भएपनि कुरा मिल्न सकेन । 

राष्ट्रिय सभा गठन सम्वन्धि कुरा नमिलेपछि त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको छ । 

कम्यूनिष्ट राजनीतिक पृष्ठभुमि भएका दलहरुबीच गठवन्धन निर्माण भएपछि तीन दलका शीर्ष नेताहरु पहिलो पटक औपचारिक छलफलमा जुटेका हुन् ।

लोकप्रिय