सिक्टामा तल देखि माथि सम्मकै मिलेमतो

आश्विन २६, २०७४

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मूल नहर ठाउँ-ठाउँमा भत्किएर बस्ती नै डुवानमा पर्ने जोखिम बढेको छ । नहर संचालन नहुँदै बस्ती  डुवाउने जोखिम देखिएपछि आयोजनाका अधिकारीले आन्तिरिक निरीक्षण तथा अनुसन्धान थालेका छन् । 

निर्माणकार्य र प्रयोग भएका सामग्रीको प्रभावकारी निरीक्षण र अनुगमन  नगरि  सिचाइ मन्त्रालय र आयोजनाका अधिकारीले आँखा चिम्मेपछि ठेकेदार कम्पानीले नहर गुणस्तरहीन र निकै कमजोर बनाउदा ठाउ ठाउमा भत्कीएको हो । 

आकाशे पानी थेग्न नसक्ने गरि निर्माण गरिएका साइफन फुटदा  मधुइ र टिकुलीपुरका दर्जनौ घर बगेपछि जन प्रतिनिधिले नहरमा भएको भ्रष्टाचारको छानविनको माग गर्दै आएका छन् । 

नहर भत्केर भताभुङ भएपछि जिम्मेवारी सम्हालेका सिक्टा सिचाइ आयोजनाका अधिकारीले देखिएका र भएका लापरवाहीको स्थलगत  निरीक्षण प्रनिवेदन तयार पर्न थालेका छन् । तर तल देखि माथि सम्मकै मिलेमतो भएकाले गुणस्तरहीन नहर निर्माण कार्यमा  संलग्नलाइ कारबाहीको दायरमा ल्याउन  सरकारले उच्चस्तरिए प्राविधिक छानबिन टोली बनाएर अध्यायन गर्नुपर्ने देखिएको छ ।