नारायणगढ-मुग्लिन सडक खण्डमा चौबीसै घण्टा सवारी सन्चालन

भाद्र २९, २०७४

गएको असार २५ गतेदेखि राति सवारी  चलाउँन बन्द गरिएको  नारायणगढ-मुग्लिन सडक खण्डमा चौबीसै घण्टा सन्चालनमा आएको छ । चाँडपर्व दशैं, तिहार र छठ मान्न जाने र आउने यात्रुलाई कठिनाई नहोस भनेर सो सडक खुलाइएको हो । 

विश्व बैंकको ऋण सहयोगमा पुनर्निर्माण थालिएको नारायणगढ-मुग्लिन सडक खण्ड ३० महिना बितिसक्दा पनि  ५५ प्रतिशत मात्र काम भएको छ ।

वर्षायाममा दिनहुँजसो खस्ने पहिरोका कारण दुर्घटना बढेपछि स्थानीय प्रशासनले दुई महिनादेखि राति यातायात  चलाउन रोकको थियो । तर अहिले चाडपर्व आएसागै २४ सै घण्टा  सवारीका साधन चलाउन खुलाएको हो ।  

अधिकांश ठाउँमा अझै खाल्डा खुल्डी र निर्माण सामग्री छरपस्ट राखेकाले अझै जोखिम कम भएको छैन ।  यस सडक खण्डमा तत्कालै कुनै दुर्घटनाभइहाले उद्धारका सामग्री सहितको चार वटा आपतकालीन उद्धार टोली परिचालन गरिएको छ ।