मुग्लिन - नारायणगढ २४सै घण्टा खुल्ने

भाद्र २८, २०७४

आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड चौविसै घण्टा सुचारु हुने भएको छ ।

वर्षातसँगै पहिरोको जेखिम बढेपछि असार २५ गतेदेखि राति सवारी आवागमन वन्द गरिएको उक्त सडकखण्डमाआजबाट राति पनि सुचारु गरिने भएको हो । चाडपर्वलार्इ लक्षित गरी चौबिसै घण्टा यातायात सुचारु गरिएको स्थानीय प्रशासनले जनाएको छ । आपतकालिन उद्धारका लागि उक्त सडकखण्डको बिभिन्न स्थानमा चार वटा उद्धार टोली राखिएको छ ।