दशैं बस टिकट अग्रिम बुकिङ्ग

भाद्र २८, २०७४

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ आजबाट शुरु भएको छ ।

राजधानीबाट जिल्ला फर्कने यात्रुहरुलाई लक्षित गरि काठमाडौको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु, चावहिल, गौशाला, सुन्धारा लगायत स्थानबाट लामो तथा मध्यम दूरीको बसको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बुकिङ शुरु भएसँगै दशैंका लागि टिकट लिन काउन्टरमा बिहानैदेखि यात्रुहरुको भीड लागेको छ । 

यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले टिकट काउन्टरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

यातायात व्यवस्था विभागका अनुसार यो पटकको दशैंमा २२ देखि २५ लाख यात्रु राजधानीबाट बाहिरिने आकलन गरिएको छ । विगतका वर्षमा दशैं आउनुभन्दा एक महिना अघि नै बुकिङ खुल्ने गरे भएपनि यस पटक व्यवसायीले आनाकानी गर्दा दुई साता अघिमात्र टिकट खुला गरिएको छ ।