रौतहटमा चुनावी माहोल

भाद्र २७, २०७४

विकास निर्माणका साथै मधेस आन्दोलनका मुद्दालाई मूख्य एजेण्डा बनाएर रौतहटका उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी झनै तातेको छ । 

रौहतहटका उम्मेदवारहरु मतदाता रिझाउन आफ्ना घोषणापत्र सहित प्रचारप्रसारमा जुटेका छन् । प्रमुख दलहरुले यातायात, स्वास्थ्य, विजुली, सञ्चार लगायत विकास निर्माणलाई प्रमुख एजेण्डा बनाई घरदैलो कार्यक्रममा व्यस्त छन् ।

लामो समयको आन्दोलन पश्चात निर्वाचनमा भाग लिएका राजपा नेपालले विकास निर्माणका साथै मधेश आन्दोलनका मागहरु सुनिश्चित गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् । 

रौतहटमा १६ नगरपालिका र दुई गाउापालिका गरी १८ वटा स्थानीय तहका आठ सय २१ पदका लागि चार हजार पााच सय ४१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।