कलैयामा चुनावी रौनक

भाद्र २७, २०७४

जिल्लाको सदरमुकाम भएर पनि विकासमा पछिपरेको बारा जिल्लाको कलैया उपमहानगरपालिकाको चुनावी गतिविधि तात्दै गएको छ । मतदाताको मन जित्न उम्मेदवारले सक्दो प्रयास गरिरहेका छन् ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा अहिले चुनावी माहोल तातेको  छ । प्रमुख पदका लागि एमालेबाट उम्मेदवार बन्नुभएका बिनोद साह यो उपमहानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने आफ्नो एजेण्डा भएको बताउनुहुन्छ । 

उपमहानगरको समग्र विकास नै आफ्नो मुख्य एजेण्डा भएको नेपाली कााग्रेसको उम्मेदवारको भनाई छ । नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नुभएका मुकेश साहले भने एउटा वडा एउटा पहिचान र एउटा उधोग आफ्नो एजेण्डा भएको बताउनुहुन्छ ।

उपमहानगरको शिक्षा, स्वास्थ्य, कृषि र यातायातको अवस्थामा सुधार ल्याउनु नै आफ्नो मुख्य एजेण्डा भएको संघिय समाजबादी फोरम नेपालका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रमोद गुप्ताको भनाई छ ।  

राजपाका तर्फबाट प्रमुख पदका उम्मेदवार बन्नुभएका जयप्रकाश साहले भने नगरको बाटोघाटो, सडक बत्ति र सरसफाईलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुहुन्छ । 

बाराको जेठो नगरको रुपमा परिचय स्थापित गरेको २७ वडाको कलैया उपमहानगरपालिकामा कुल ५६ हजार चार सय ९० मतदाताहरु छन् ।