मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध : आयोग

भाद्र २७, २०७४

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिता विरुद्ध भएको बताएको छ ।

तीन  मन्त्री र एक राज्यमन्त्रीको सपथ सकिए लगत्तै आज विज्ञप्ति जारी गरी आयोगले मन्त्रीपरिषद् विस्तारले निर्वाचन आचार संहिता उल्लंघन भएको जनाएको छ । मन्त्रीपरिषद् विस्तारको कार्यले स्वच्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पार्न सक्ने भन्दै यस किसिमको कार्य नगर्न आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । 

यसैबीच आयोगले निर्वाचन सुरक्षाका विषयमा आज सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।