निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान मङ्सिर १० गते

भाद्र २७, २०७४

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले  मंसिर १० र २१ गते हुने दुवै चरण निर्वाचनको कार्यतालिका प्रकाशित गर्दै पहिलो चरणमा उम्मेदवारी मनोनयपत्र  दर्ताको समय कार्तिक ५ गतेका लागि तोकेको छ ।  यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई  चुनाव चिह्न कार्तिक ८ मा प्रदान गरिने छ । यस्तै मतदानको समय मंसिर १० गते विहान ७ बजे देखि ५ सम्मका लागि तोकिएको छ । दोस्रो चरण चुनावका लागि कार्तिक १६ गते मनोनयन पत्र दर्ता गरिने छ भने उम्मेदवारको अन्तिम नामावली  प्रकाशन र निर्वाचन चिह्न प्रदान १९ गते हुने छ । निर्वाचनको समय मंसिर २१ गते विहान ७ बजे देखि साझ ५ बजे सम्म चल्ने छ । समानुपातिक तर्फ उम्मेदवारको बन्दसुची पेश गर्नका लागि आयोगले दलहरुलाई असोज २९ गतेको समय दिएको छ ।