Kantipur Samachar | कान्तिपुर समाचार, २८ श्रावण २०७४

श्रावण २८, २०७४

आजको मुख्य समाचार :

* बाढीपहिरोमा परेर देशभर ३० जनाको मृत्यु, १० जना बेपत्ता, विराटनगर, इटहरी, झापा, सपतरी र बाँके बढी प्रभावित, जनजीवन अस्तव्यस्त 

* धावनमार्गमा बाढी पसेपछि विराटनगर विमानस्थल बन्द, विभिन्न राजमार्गको ठाउँ-ठाउँमा जमिन भासिएपछि यातायात अवरुद्ध, उद्दार र राहतमा तत्काल जुट्न प्रधानमन्त्रीको निर्देशन 

* देशका पूर्वी तथा पश्चिम भेगमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाको आग्रह, भोलिसम्म वर्षा जारी रहने भएकाले बाढीसंगै पहिरोको जोखिम 

* डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच आजपनि वार्ता हुन सकेन, देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प, केसीको समर्थनमा राजधानीमा र्याली

* राजधानीमा आजबाट सुरु आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिताको महिला तर्फको स्वर्णमा आर्मी क्लबको बर्चस्व