अर्थ र विकास

आजदेखि इम्बोसड नम्बर प्लेट सुरु

भाद्र ५, २०७४

मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।

पूरा पढ्नुहोस् »

भारतसँग समस्या समाधानका लागि छलफल हुने

भाद्र ३, २०७४

नेपाल सरकारले भारतसँग निधन र अन्य बस्तुको आयात र निर्यातमा देखिएका समस्याको समाधानका लागि छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको बेला नेपाल भारत पेट्रोलियम पाइपलाईन विस्तार, नेपाली ग्याँस बुलेटको संचालन अनुमतिका लागि परराष्ट्र सचिव शंकर दास बैरागीले जानकारी दिनुभएको छ।

पूरा पढ्नुहोस् »

बाढी पिडितलाई सरकारको राहत

भाद्र ३, २०७४

सरकारले पुर्वी तथा पश्चिम तराईका बाढी पिडितलाई खानाका लागि प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ उपलब्ध गराउने भएको छ। गृह मन्त्री जनार्दन शर्माले तराईमा डुवानमा परेका परिवारका हरेक सदस्यलाई एक महिना सम्मका लागि दैनिक ७० रुपैयाँका दरले एकमुष्ट रकम उपलब्ध गराइने जानकारी दिनुभएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार बाढीमा ७९ हजार घर पुर्ण रुपमा क्षति भएका छन्।

पूरा पढ्नुहोस् »

बाढी प्रभावितका लागी पठाउन खाद्यान्न र त्रिपालको अभाव छैन - गृह मन्त्रालय

भाद्र १, २०७४

बाढी प्रभावित क्षेत्रहरुमा पठाउन खाद्यान्न र त्रिपालको अभाव नरहेको गृह मन्त्रालयले जनाएको छ । बिशेष गरेर पुर्वी तराईका सप्तरी, रौतहट, महोत्तरी र धनुषा लगायतका जिल्लाका दक्षिण क्षेत्रमा सडक अवरोधका कारण राहत पुर्याउन समस्या भएको गृह मन्त्रालयले जनाएको छ ।

पूरा पढ्नुहोस् »

चीनसँग ३ सम्झौता, १७ अर्ब रुपैयाँ सहयोग गर्ने

श्रावण ३२, २०७४

भूकम्पपछि पुनर्निर्माणका लागि चीनले घोषणा गरेको तीन अर्ब आरएमबीमध्ये एक अर्ब खर्च भइसकेको र अर्को एक अब खर्च हुने क्रममा रहेको जनाइएको छ । सन् २०१८ भित्र उक्त रकम खर्च गरिसक्नुपर्ने छ । चीनको त्यही सहायताबाट वसन्तपुर दरबारको पुनर्निर्माण हुन लागेको हो ।

पूरा पढ्नुहोस् »

कान्तिपुरद्वारा राहत कोष

श्रावण ३०, २०७४

कान्तिपुर फाउन्डेसनले तराईलगायत मुलुकका विभिन्न भेगमा आएको बाढीपहिरोपीडितलाई तत्काल राहत पुर्‍याउन ‘कान्तिपुर बाढीपहिरो राहत कोष’ स्थापना गरेको छ । कान्तिपुर मिडिया ग्रुपले ११ लाख रुपैयाँ राखेर कोष स्थापना गरेको हो ।

पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रमा प्रति परिवार १० केजी चामल राहत

श्रावण २९, २०७४

सरकारी स्वामित्वको खाद्य संस्थानले पुर्वका बाढी प्रभावित जिल्लामा प्रति परिवार १० केजी का दरले चामल बितरण गर्ने भएको छ । विराटनगरमा ६३ सय क्विन्टल, बिराटनगरमा ६ हजार क्विन्टल, विरगन्जमा १६ हजार क्विन्टल चामल खाद्य संस्थानका डिपोमा सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।

पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा उद्धार र राहत कार्यक्रम तिब्र

श्रावण २९, २०७४

देशभर बाढी र पहिरोले धन जनको ठुलो क्षति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार र राहतलाई तिब्र पार्न गृहमन्त्री, रक्षामन्त्री र सुरक्षा निकायहरुका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

पूरा पढ्नुहोस् »

बिमस्टेक सम्मेलन स्वतन्त्र व्यापार सम्झौतामा सहमति

श्रावण २८, २०७४

स्वतन्त्र व्यापार सम्झौता तथा क्षेत्रीय विद्युत प्रसारण लाइन स्थापना गर्न बिमस्टेक सदस्य राष्ट्रहरु सहमत भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगाल खाडीका प्रयास (बिमस्टेक) मुलुकहरुको हिजो काठमाडौँमा सम्पन्न दुईदिने मन्त्रीस्तरीय बैठकले यथासिघ्र खुला व्यापार सम्झौता गर्ने निर्णय गरेको छ।

पूरा पढ्नुहोस् »

ठेकेदारको लापर्वाही, यात्रुलाई सास्ती

श्रावण २८, २०७४

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा ठेक्का लागेको ५ बर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काम सकेका छैनन्। व्यवसायीले राजमार्ग मर्मत नगर्दा सवारी धनी, चालक र सर्वसाधारणले सास्ती खेप्न परेको छ। विस्तृत विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।

पूरा पढ्नुहोस् »

कालिञ्चोकमा चौरी महोत्सव

श्रावण २८, २०७४

उच्च पहाडी र हिमाली भेगका कृषकको पेसा चौरी पालन व्यवसाय दोलखामा पर्यटकको आकर्षण बन्न थालेको छ। दोलखाको कालिञ्चोकमा गरिएको चौरी महोत्सवमा उच्च भेगका बासिन्दाले आफ्ना रहनसहन र लेकाली पहिरनलाई समेत प्रदर्षण र प्रचारप्रसार गर्ने मौका पाएका छन्।

पूरा पढ्नुहोस् »