उपत्यका

पुजा गरेर छोडिएको दियोले सुकुम्वासी वस्तीका साढे तीन दर्जन टहरा जलायो

आश्विन १६, २०७४

मान्छेको सानो गल्तीले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ । शनिबार राति काठमाडौंको कुलेश्वरमा भएको आगलागी त्यसैको उदाहरण बनेको छ । पुजा गरेर छोडिएको दियोले कुलेश्वर जागरण टोलस्थित सुकुम्वासी वस्तीका साढे तीन दर्जन टहरा जलायो ।

पूरा पढ्नुहोस् »

हनुमानढोका दरबारमै मापदण्ड विपरीत घर !

आश्विन २, २०७४

ऐतिहासिक तथा पुरातात्विक महत्वको हनुमान ढोका दरबारको प्रवेशद्वार मै निर्माणाधिन यो भवनले मल्लकालदेखिको राष्ट्रिय ढुकुटीघरलाई समेत जोखिममा पारेको स्थानीय बासिन्दाको आरोप छ ।

पूरा पढ्नुहोस् »

दशैं बस टिकट अग्रिम बुकिङ्ग

भाद्र २८, २०७४

राजधानीबाट जिल्ला फर्कने यात्रुहरुलाई लक्षित गरि काठमाडौको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु, चावहिल, गौशाला, सुन्धारा लगायत स्थानबाट लामो तथा मध्यम दूरीको बसको अग्रिम टिकट बुकिङ खुला गरिएको हो । बुकिङ शुरु भएसँगै दशैंका लागि टिकट लिन काउन्टरमा बिहानैदेखि यात्रुहरुको भीड लागेको छ ।

पूरा पढ्नुहोस् »

धुलोका कारण महानगरमा छाती सम्बन्धि रोगी बढे

भाद्र २४, २०७४

राजधानीका अधिकांश अस्पतालहरुमा आजभोलि दम, स्वास प्रश्वास लगायतका छाती सम्वन्धि रोगका बिरामीहरुको संख्या अघिल्ला केही महिनाको तुलनामा बढ्न थालेको छ । धुलो, धुँवा र प्रदुषण बढेसँगै यो रोगको संक्रमणमा पनि वृद्धि आएको चिकित्सकहरु बताउँछन् । पछिल्लो समय राजधानीको कान्ति बाल अस्पतालमा मात्रै दैनिक ४ सय भन्दा बढी बालबालिका स्वास प्रश्वासको समस्या लिएर आउने गरेका छन् ।

पूरा पढ्नुहोस् »

विहिवारदेखि अस्थायी यात्रु सहायता कक्ष संचालन हुदै

भाद्र २१, २०७४

नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले पर्सी विहिवारदेखि राजधानीका १० ठाउँमा अस्थायी यात्रु सहायता कक्ष संचालन गर्ने भएको छ ।

पूरा पढ्नुहोस् »

दशैंमा अग्रिम बस टिकट बुकिङ खोल्न व्यवसायीको आनाकानी

भाद्र १३, २०७४

यातायात व्यवसायीले राजधानी जोड्ने मूख्य र सहायक सडकमा रहेका खाल्डा खुल्डी पुर्नु पर्ने, बसमा छतमा केरियर राख्न पाउनु पर्ने र वैज्ञानिक भाडा दर कायम गरेपछि मात्र बुकिङ खोल्ने सर्त राख्दै आएका छन् । व्यवसायी र सरकारी प्रतिनिधिबीच कुरा मिल्न नसक्दा अग्रीम टिकट बुकिङ खुल्न सकेको छैन ।

पूरा पढ्नुहोस् »

राजधानीमा तरकारीको मूल्य ८०% बढ्यो

भाद्र ६, २०७४

राजधानीमा तरकारीको मूल्य गतमहिनाको तुलनामा ८० प्रतिशतले बढेको छ। बाढी पहिरो पछि राजधानी जोड्ने राजमार्ग सुचारु भएपनि ब्यापारीहरुले तराईको डुबानका कारण देखाउदै मूल्य बढाएका हुन्।

पूरा पढ्नुहोस् »

गुण्डा नाईके दिपक मानाङ्गेलाई सफाई

भाद्र ५, २०७४

बिशेष अदालतले अबैध सम्पति जम्मा गरेको भन्दै सम्पत्ति सुद्धिकरण विभागले मुद्धा दायर गरेका गुण्डा नाईके दिपक मानाङ्गेलाई सफाई दिएको छ ।

पूरा पढ्नुहोस् »

बागमती नदीमा बिशेष जलयात्रा

भाद्र ४, २०७४

बागमती सरसफाई अन्तर्गत कुपण्डोल स्थित बागमती नदीमा बिशेष जलयात्रा कार्यक्रमको आयोजना गरिएको छ । बागमतीमा विभिन्न नदिबाट ल्याइएको पानी मिसाएर नदीलाई थप सफा बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

पूरा पढ्नुहोस् »

धरहरा पुननिर्माण विवादमा

श्रावण २९, २०७४

दुई बर्ष अघिको भुकम्पमा भत्किएको धरहराको पुननिर्माण थालनी हुनु अगावै पुननिर्माणकै बिषयलाई लिएर विवाद हुनथालेको छ । मन्त्रिपरिषदबाट धरहरा बनाउने जिम्मा पाएको नेपाल टेलिकमले आफ्नो ब्यापारिक प्रयोजनका लागी समेत प्रयोग गर्ने प्रस्ताव गरेपछि यो बिषय विवादित बनेको हो ।

पूरा पढ्नुहोस् »

पेट्रोलियम व्याबसाहिद्वारा इन्धनको बिक्रिसम्म रोक्ने गरि आन्दोलनको घोषणा

श्रावण २६, २०७४

पेट्रोलियम व्याबसाहिले इन्धनको बिक्रिसम्म रोक्ने गरि आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको कारोबारमा दिईदै आएको परिमाण लस बढाऊनु पर्ने माग राख्दै उनीहरुले बिक्रिसम्म रोक्ने आन्दोलनको घोषणा गरेका हुन् ।

पूरा पढ्नुहोस् »